NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

सिटौला भन्छन्, सर्वसत्तावाद परास्त भयो, कांग्रेसले सत्तास्वार्थ होइन जनताको हित हेर्नुपर्छ

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्नुले आम नागरिकमा अदालतप्रति आशा र विश्वास झन् बढेको टिप्पणी गरेका छन । नेपालवाचसँगको कुराकानीमा सिटौलाले भने–संविधानको प्रस्तावनामा नै न्यायपालिका स्वतन्त्र, निष्पक्ष हुन्छ भनिएको छ । अदालतको यो यो फैसलाले अदालतप्रति गरिने अपेक्षा प्रमाणित भएको । फैसलाले संविधानको रक्षा, लोकतन्त्रको रक्षा, शासनपद्धतिको रक्षा भएको छ । अधिनायकवाद, निरंकुशता सर्वसत्तावादी चरित्रलाई रोक लगाएको छ । यो निर्णयले आम नेपाली जनताको अधिकारको रक्षा भएको छ । निर्णय नेपालीको पक्षमा छ । यो फैसलाको सबैले मानेर जानुपर्छ ।’ अब के होला ?सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपछि अब दुई धारमा बाँडिएको नेकपाको अवस्थामा धेरै कुरा भर पर्ने उनले बताए । ‘अब नहतारिकन संयमित भएर अघि बढ्नुपर्छ । नेकपा दुई धारमा छ । निर्वाचन आयोगले आयोगले अल्झाएर राखेकोे छ । अदालतले क्षमता देखाएपछि अब अब आयोगले पनि क्षमता देखाउनुपर्छ । कम्युनिष्ट पार्टी कसरी जान्छ त्यसमा अगाडिको बाटो निर्भर हुन्छ ।’ सिटौलाले भने । कांग्रेसले के गर्ने ? कांग्रेसले गम्भीरतापूर्वक निर्णय गर्नुपने उनले बताए । ‘कांग्रेस पनि जिम्मेवार पार्टी भएकोले गम्भीरतापूर्वक निर्णय गर्नुपर्छ । कांग्रेसले सत्तास्वार्थ राखेर होइन देश र जनताप्रति समर्पित भएर निर्णय गर्नुपर्छ । नैतिकता र हिस्सेदारी राजनीतिमा हुन्छ यसका लागि कांग्रेसले केन्द्रीय समिति बैठक बसेर निर्णय लिनुपर्छ ।’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष