‘अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भयो’–नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष(प्रचण्ड–नेपाल पक्ष) मधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन् । योसँगै जनताको जीत भएको अध्यक्ष नेपालले उल्लेख गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेसँगै नेता नेपालले फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई सदर गरिदिएकी थिइन् ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया