NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

अब प्रधानमन्त्री ओलीले के गर्लान् ?

काठमाडौँ । आफूले चालेको कदमलाई न्यायलयले वैधता नदिएपछि प्रधानमन्त्री केपी ओली नैतिक संकटमा परेका छन् । स्रोतका अनुसार ओलीले सर्वोच्च अदातलले प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला गरेमा कसरी अघि बढ्ने भनेर सुवास नेम्वाङ्, अग्नी खरेललगायत कानूनी पृष्ठभूमीका व्यक्तिहरुसँग छलफल गरेका थिए । छलफलमा प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला भएमा विस्वासको मतका लागि प्रस्ताव लैजाने र त्यो मत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा ७ अन्तरगत पुनः प्रतिनिधि सभा विघटन गर्ने कुरा समेत उठेको थियो । संविधानको धारा ७६ को उपधारा ७ मा उल्लेख छ, ‘उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’ तर, प्रधानमन्त्रीले संसदमा विस्वासको मत माग्नका लागि सभामुखमार्फत प्रक्रिया अघि बढ्नु पर्छ । सभामुख प्रधानमन्त्रीलाई विस्वासको मतका लागि प्रक्रिया अघि बढाउने पक्षमा छैनन् । सभामुख अग्नी सापकोटा प्रतिनिधि सभाको बैठक डाकिएकै दिन ५ पुसमा आफ्नो सचिवालयमा दर्ता भएको प्रधानमन्त्रीमाथिको अविस्वासको प्रस्ताव टेवुल गर्ने पक्षमा छन् । जानकारका अनुसार प्रधानमन्त्रीमाथि अविस्वास प्रस्ताव राखिसकेपछि विस्वासको मतका लागि प्रक्रिया अघि बढाउन संभव छैन । सभामुख आफ्नो पक्षमा नभएकाले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ उपधारा ९७० अनुसार विस्वासको मत मागेर प्रतिनिधि सभा विघटन गर्ने संभावना न्युन छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रभावमा पारेर ओली अझैं आफैं प्रधानमन्त्रीमा टिकिरहन चाहन्छन् । त्यसका लागि निर्वाचनका मुखमा देउवालाई प्रधानमन्त्री बनाउने लिखित सहमति गर्न समेत ओली तयार छन् । तर, ओलीको प्रस्तावलाई देउवाले स्वीकार गरे पनि कांग्रेसको बहुमत पक्तिले मान्ने संभावना छैन् । त्यसैले ओलीलाई प्रधानमन्त्रीमा साथ दिइरहन देउवालाई सहज छैन् । ओलीसँग एकदमै निकट रहेका एक जना केन्द्रीय सदस्यका अनुसार प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री छोड्न ओली पटक्कै तयार छैनन् । बरु यो भन्दा अनिष्टकारी कदम चाल्न तयार छन् । ‘सबै विकल्प बन्द भएमा अन्त्यमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा राखि छाडेर आफू बालकोट फर्कन्छन्’, ति केन्द्रीय सदस्य भन्छन् ‘विकल्प हुन्जेलसम्म भने प्रधानमन्त्री ओली त्यसमा खेलिरहन्छन् ।’ थप पढ्नुहाेस् उपत्यकामा विशेष सुरक्षा योजना लागू, देशभर सुरक्षा सतर्कर्ता प्रतिनिधिसभा पुन:स्थापनापछि खुशी साट्ने प्रचण्ड र नेपालको बेग्लै तरिका गोकुल बाँस्कोटाले भने–के को दीपावली के को रुवाबासी ? गोलचक्कर त उसैगरी चलिरहन्छ राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए एक साथ महाअभियोग र अविस्वास संवैधानिक इजलासले गर्यो प्रलोभन, दवाव, धम्कीको वेवास्ता भष्मासुरलाई बिष्णुले मोहिनी रूपधारण गरि वध गरेझैं सर्वोच्चले ओलीको वध गर्यो

ताजा अपडेट

नेपालवाच विशेष