प्रतिनिधि सभाको पहिलो बैठकबाटै ओलीलाई फाल्ने प्रचण्ड–नेपाल समूहको तयारी

काठमाडौ । सर्वोच्च अदालतको फैसला आए लगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन दवाव दिईसकेका छन् । प्रचण्डको दवाव अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएनन् भने के होला ? यसबेला सर्वाधिक चासोको विषय यही हो । सर्वोच्चको फैसला अनुसार २३ फागुनभित्र प्रतिनिधि सभाको बैठक बस्नेछ । किनभने फैसलामा १३ दिनभित्र बैठक बोलाउन आदेश दिइएको छ । प्रतिनिधि सभाको बैठक बस्नु अघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएनन् भने पहिलो दिन नै उनलाई हटाउने योजना प्रचण्ड–माधव पक्षले बनाएको छ । अस्ति ५ पुसमै प्रचण्ड–माधव समुहले प्रधानमन्त्री ओली बिरुद्ध संसद सचिवालयमा अविस्वास प्रस्ताव दर्ता गरिसकेको छ । सभामुख अग्नी सापकोटाको सचिवालयमा कार्यरत एक सदस्यका अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेकै दिन प्रधानमन्त्री ओलीमाथिको अविस्वासको प्रस्ताव टेवुल गरिनेछ । अविस्वासको प्रस्ताव टेवुल गर्न बिलम्व गरेमा ओलीले विस्वासको मत लिने प्रक्रिया सुरु गर्न सक्छन् । विस्वासको मत लिने प्रक्रिया पुरा भएमा प्रधानमन्त्री ओलीलाई संविधान अनुसार संसद विघटन गर्न पाउने अधिकार छ । ओलीले त्यो अधिकार प्रयोग गर्न नपाउनु भनेरै प्रतिनिधि सभाको बैठक सुरु भएकै दिन उनी माथि दर्ता गरिएको अविस्वासको प्रस्ताव टेवुल गर्न लागिएको हो । सभामुखको सचिवालयमा कार्यरत ति सदस्यका अनुसार यस बारेमा प्रचण्ड र सापकोटाबीच टेलिफोन संवाद भइसकेको छ । भन्छन्, ‘सर्वोच्चको आदेश अनुसार बैठक डाकिएको पहिलो दिनमै प्रधानमन्त्री ओलीमाथिको अविस्वास प्रस्ताव पेश हुनेछ । त्यसपछि उनी स्वतः प्रधानमन्त्री पदबाट मुक्त हुनेछन् ।’
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया