बस्नेतले ओलीलाई भने– गोल पोलमा लागेर फर्के पनि नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा

काठमाडौं । प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले सदर नगरे पनि उनका विश्वासपात्र महेश बस्नेतले राजनीति ओलीकै वरिपरी घुम्ने बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरी १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाएपछि फेसबुकमा लामो स्टाटस लेख्दै बस्नेतले गोल गर्ने प्रयास पोलमा लागेर फर्किए पनि नयाँ गोल हान्ने चान्स तपाईंको हो भन्दै मुलुकलाई एकीकरणको दिशामा लान आग्रह गरेका छन् । ‘सर्वोच्च अदालतको अनपेक्षित फैसलाको स्वीकार गरिन्छ। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद विघटन गरी निर्वाचनमा गएको प्रक्रिया विगटन गरेको फैसलाले राजनीति १ दशकसम्म अस्थिरता र विकृततर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुझपूर्ण कदम चाल्नुहुनेछ। सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ’ उनले लेखेका छन्, ‘एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस। विभाजजनकारीहरुलाई एकताको प्रक्रियामा फर्काउनुस्। पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिडाउनु होस्। राजनीतिलाई विकृति र विसंगती मुक्त बनाउनुहोस्। हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाई रहनेछ।’
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया