संसद् पुन:स्थापनापछि प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै बालुवाटारमा केही मन्त्री तथा पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नगर्ने सुनाएका हुन् । नयाँ राजनीतिक परिस्थितीबारे छलफल गर्न नेताहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निष्कर्ष सुनाएका हुन् । छलफलमा मन्त्रीहरु इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, प्रदीप ज्ञवाली, मणि थापा लगायत थिए । यस्तै नेताहरु सुवास नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायत सहभागी थिए । उक्त छलफलमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिएर संसद फेस गर्ने बताएका हुन् । नेताहरुसँग उनले भने, ‘सर्वोच्चको फैसला नमान्ने भन्ने भएन । हामीले मानेर जानुपर्छ । सर्वोच्चले १३ दिन समय दिएको छ । त्यतिबेलासम्म गृहकार्य गर्ने समय छ । अहिले नै मैले राजीनामा दिने सोचेको छैन ।’ प्रधानमन्त्रीलाई उधृत गर्दै छलफलमा सहभागी एक नेताले भने । उनले थप रणनीति बनाउन १३ दिनको समय बाँकी रहेको भन्दै प्रधानमन्त्रीमा रहिरहन प्रयास गर्नेतर्फ संकेत गरेका छन् । ‘पार्टी अहिलेसम्म विभाजित छैन । म संसदीय दलको नेता छु ।, उनले नेताहरुसँग भने, बहुमतप्राप्त दलको संसदीय दलको नेता हुँदा हुँदै अर्को प्रधानमन्त्री चयनका लागि प्रकृया अघि बढाउन सजिलो छैन होला ।’ उनले बुधबार स्थायी समितिको बैठक राखेर त्यसबारे थप रणनीति बनाउने बताएका छन् ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया