यस्तो छ आजको मौसम, यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार अपराह्न प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना छ । राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। यसैगरी, बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
ताजा अपडेट
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
-
पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य
प्रतिक्रिया