भट्टराईले भने- अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने बेला हो, भष्मासुरलाई कसले हुर्कायो?

उपचारको क्रममा भारतमा रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अहिले दीपावली नभई गम्भीर आत्मसमीक्षा गर्ने बेला रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन् एले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने बेला हो, देश पुस ५ मा फर्केको मात्र छ, यी सबै प्रश्न अनुत्तिरत छन्। भष्मासुरलाई कसले हुर्कायो? पाल्यो? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो?राजनीतिक नेतृत्व यति भ्रष्ट, मूल्यमान्यताविहीन कसरी बन्यो? त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी? म,म, भनौं!’ नेकपा प्रचण्ड-नेपाल समूह अदालतकाे खुसीयालीमा विजयी जुलुस निकालिरहेका बेला भट्टराईकाे यस्ताे टिप्पणी आएकाे हाे। सर्वाेच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन निर्णय बदर गरिदिएकाे थियाे।
ताजा अपडेट
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
-
पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य
प्रतिक्रिया