नेकपा प्रचण्ड-नेपाल समूहले बोलायो संसदीय दलको बैठक

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेकपा प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक डाकेको छ। सर्वाेच्च अदालतले मंगलबार मात्र प्रतिनिधिसभा विघटन निर्णय बदर गरिदिएको थियो। नेकपा प्रचण्ड नेपाल समूहले त्यसको भोलिपल्ट अर्थात बुधबारका लागि संसदीय दलको बैठक बोलाएको हो। बैठक अपराह्न ४ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सर्वाेच्चले १३ दिनभित्र संसद डाक्न समेत भनेको छ। यो अवस्थामा आगामी रणनीति तय गर्न नेकपा संसदीय दलको बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधबार नै आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन्।
ताजा अपडेट
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
-
पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य
प्रतिक्रिया