NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

वामदेव गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार विज्ञप्ती निकालेर गौतमले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित छ । तर गौतम कुनै पनि समूहमा नलागेर एकता अभियान चलाइरहेका छन् । गौतमले सर्वोच्चको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञप्तीको पहिलो बुँदामै गौतमकोसर्वोच्चको आदेशलाई स्वागत गर्दै राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिएका हुन् । गौतमले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई तुरुन्तै सचिवालयको वैठक बोलाउन समेत माग गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को उपाध्यक्षको हैसियतले म दुबै अध्यक्ष क। केपी शर्मा ओली र क। प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु। ’ गौतमले फागुन ११ गते ऐतिहासिक दिनको रुपमा दर्ज भएको समेत बताएका छन् । उनले संसद पुर्नस्थापना गर्ने फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष