फैसलाको भोलिपल्टै बोल्छु भनेका नेम्वाङले भने–अदालतको फैसलालाई सम्मान गर्छु

काठमाडौं । संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नभएको बताए पनि प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका सुवास नेम्वाङले अदालतको फैसलापछि प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विघटनपछि तत्काल प्रतिक्रिया नदिने भन्दै उनले अदालतबाट फैसला आएपछि बोल्ने बताएका थिए । दुईवटा संविधानसभामा अध्यक्षको भूमिका निर्वाह गरेका नेम्वाङको आलोचना पनि भएको थियो । तर, मंगलबार प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नेम्वाङले प्रतिक्रिया दिएका हुन् । बुधबार नेपालवाचसँग प्रतिक्रिया दिंदै नेम्वाङले अदालतको फैसलालाई प्रधानमन्त्री र आफूले सम्मान गर्ने बताए । ‘प्रधानमन्त्रीले अदालतको फैसलालाई सम्मान गर्दै संसद अधिवेशन बोलाउनुहुन्छ’ उनले भने, ‘संसदीय प्रक्रियामा अघि बढेपछि त्यही अनुसार अगाडि बढ्छ । पछि के हुन्छ परिस्थिति अनुसार चल्दै जान्छौं ।’ यो पनि पढ्नुस् संसद् विघटन हुनै नसक्ने ठोकुवा गर्ने नेम्वाङ र खरेल ओलीसामू निरीह[भिडियाे]
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया