NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

बुढानिलकण्ठ पुग्दै प्रचण्ड र नेपाल, देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव होला ?

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापनापछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपाका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जाँदैछन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रचण्ड र नेपाल सभापतिलाई भेट्न आउन लागेको पुष्टि गरे । ‘विकसित घटनाक्रमबारे छलफल गर्न प्रचण्ड र नेता माधव नेपाल सभापतिलाई भेटन् आउने कुरा छ । केहीबेरमा आउनुहुन्छ ।’ भानुले नेपालवाचसँग भने । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै चितवनामा भएका प्रचण्ड र नेपालले मंगलबार नै देउवालाई फोन गरेका थिए । प्रचण्ड र नेपालले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि टेलिफोनमा कुरा गर्दै मिलेर जानुपर्ने प्रस्ताव गरिसकेका छन् । सर्वोच्चले मंगलबार फैसला गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ । अब प्रधानमन्त्री केपी ओलीविरुद्ध अघि बढेको अविश्वास प्रस्ताव, ओलीको राजीनामा, नयाँ प्रधानमन्त्रीको चयनसहितका विषयमा छलफल हुने बुझिएको छ । यस अघि प्रचण्डले प्रतिनिधिसभा पुनस्थापना भए कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष