NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

प्रधानसेनापतिले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली कोभिड १९ विरुद्धको खोप लगाएका छन् । सोमबार छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा प्रधानसेनापति थापाले खोप लगाएका हुन् । पहिले चरणमा भारतले अनुदानमा दिएको खोप सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । त्यसपछि पनि सरकारले अरु १० लाख डोज खोप सरकारले खरिद गरेर ल्याइसकेको छ । पहिलो चरणको खोप लगाउनेमा फोहरमैला व्यवस्थापनक तथा सरसफाइकर्मी‚ एम्बुलेन्स तथा शव बाहन चालक र सहचालकहरू‚ अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्राथामिकता दिएर लगाइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष