NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा रावल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मंगल रावल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो पदको जिम्मेवारी रावललाई दिएको हो। प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले डा रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्। चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन्।

ताजा अपडेट

नेपालवाच विशेष