अख्तियारले पिछा गरेपछि गाउँपालिकाका अध्यक्ष आठ लाख घुस बाटोमै छोडेर फरार

काठमडौं । धनुषा जिल्लास्थित बटेश्वर गाउँपालिकाका अध्यक्ष आठ लाख रुपैयाँ घुस रकम बाटोमै छोडेर फरार भएका छन् । अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री उक्त रकम लिएर भाग्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पछ्याएपछि रकम छोेडेर फरार भएका हुन् । आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार क्षेत्रीले भवन निर्माण सम्पन्न गरेवापत भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । सोही उजुरीका आधारमा आयोगको टोली गाउँपालिका पुगेको थियो । आयोगको टोली पुग्दा अध्यक्ष क्षेत्री स्कोर्पियो गाडीमा रकम सहित भाग्दै थिए । आयोगले पिछा गरेपछि अध्यक्ष क्षेत्री भने उक्त रकम धनुषा जिल्लाको छिरेश्वर नगरपालिका वडा नं. ५ को बाटो छेउमा फ्याँकेर फरार छन् । टोलीले अध्यक्ष सवार गाडी चालक विरबहादुर क्षेत्रीलाई वटेश्वर गाउँपालिका वडा नं ४ बाट नियन्त्रणमा लिएको छ । प्रवक्ता रिसालका अनुसार गाडी चालक विर बहादुर मगर र बाटो छेउमा फालिएको उक्त नगदलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण
-
बहुमत ल्याएर प्रधानमन्त्री बन्छु : प्रचण्ड
-
कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
-
याे वर्षको मनसुनमा २० लाख नागरिक प्रभावित हुने अनुमान
-
विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु
प्रतिक्रिया