NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास

काठमाडौं । इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उहाँले शनिबार भेटेर सम्वन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ । इराकको भ्रमणमा रहनु भएका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् । पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष