NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

‘नेकपा’ नामको विवादको फैसला आज हुदैं

काठमाण्डौं । सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज गर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधिशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेतापनि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको थियाे । आफ्नो पार्टीसंग नाम मिल्दोजुल्दो भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगले ओली–प्रचण्ड नेतृत्वको पार्टीलाई नाम दिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । २०७५ जेष्ठ ०३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच पार्टी एकता भएपनि यतिबेला ओली–प्रचण्ड नेतृत्वको नेकपाको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्चले उक्त नामको आधिकारिक हकदार को हो भन्ने विषयमा निर्णय गर्न लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष