NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सामाजिक सञ्जालको अनधिकृत प्रयोग बढ्दो, साइबर ब्युरोले दियो यस्तो सुझाव

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाललाई सुरक्षित ढंगले प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्युरोले आज एक सुचना जारी गर्दै सर्वसाधारणमा यस्तो अनुरोध गरेको हो । ब्युरोमा यस प्रकारका निवेदन दिनहुँ आइरहेपछि ब्युरोले सर्वसाधारणलाई सुरक्षित तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको हो । ब्युरोले जारी गरेको सुचनामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गोप्य रुपमा पासवर्ड प्रयोग गर्ने र पासवर्ड अरुले प्रयोग गर्न नसक्ने ढंगले पासवर्ड प्रयोग गर्न अनुरोध पनि गरेको छ । ‘सामाजिक सञ्जालको सुरक्षित प्रयोगको लागि समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्न र मल्टी फङ्सन एथेन्टिकेशन सेट गरी सुरक्षित रुपमा सामाजकि सञ्जालको प्रयोग गर्नुहुनको लागि अनुरोध गरिएको छ,’ ब्युरोले सर्वसाधारण सबैमा सुझावसमेत दिएको छ । आफ्नो सामाजिक सञ्जाल कसैले दुरुपयोग गरेको थाहा पाइएमा ब्युरोको फोन नम्बर– ०१ ४२१९०४४, ४२१९०४८ मा सम्पर्क गर्न पनि ब्युरोले अनुरोध गरेको छ । तस्बिर : गुगलबाट