NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मुकुन्दप्रसाद पौड्याल सचिवमा बढुवा

सरकारले सहसचिव डा मुकुन्दप्रसाद पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना आयोगमा कार्यरत पौड्याललाई सचिवमा बढुवा गरेको हो। लोकसेवा आयोग रिक्त हुनुअघि बढुवा सिफारिस समितिले पौड्यालसहित तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो। उनीसँगै बढुवाका लागि सहसचिवद्धय दामोदर रेग्मी र गणेशप्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस थियो। रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमामा कार्यरत छन्। चैत २ गते सचिव विष्णुप्रसाद नेपालले गण्डकी प्रदेश प्रमुख सचिवबाट अवकाश पाएसँगै एक सचिवको पद रिक्त रहेको थियो। नेपाल गण्डकी लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भइसकेका छन्।