NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित

काठमाडौं । नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा मास्टर शेफ सन्तोष साह सम्मानित भएका छन् । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियान अन्तर्गत साहलाई सम्मान गरेको हो । बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो । शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरुलाई विश्व सामु चिनाएका थिए । सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धीहरु बताएका थिए । बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र ५ जना महिला विद्यार्थीहरुलाई छात्रवृति दिने घोषणा समेत गरेको छ ।