NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

वायु प्रदुषण बढ्यो, के गर्ने के नगर्ने ?

काठमाडौँ । काठमाडौंको वायुको गुणस्तर आज विश्वकै उच्च प्रदुषित बनेको छ । यसअघि पुस २० गते काठमाडौंको वायु विश्वकै प्रदूषित वायुको सुचीमा परेको थियो । एक्कासी बढेको वायु प्रदुषणका कारण अधिकांशलाई श्वास प्रस्वासमा समस्या देखिएको छ । यस्तै आँखा पोल्ने समस्या देखिएका छन् । यस्तो बेलामा अपनाउनुपर्ने सतर्कताहरु यस्ता छन् । –सकेसम्म घर बाहिर ननिस्कनु । यस्तो अवस्थामा घरभित्रै बस्नु उचित हुन्छ । – उच्च ट्राफिक भएको स्थानबाट सकेसम्म टाढा बस्नु । – घरमा बस्दा उर्जाको कम खपत गर्नु । विजुलीको अत्याधिक खपत र उर्जाको अन्य स्रोतको खपतले पनि वायुप्रदुषण बढाउँछ । – यस्तोबेला आगो बाल्ने काम नगर्नुस् । यसले झनैै समस्या निम्त्याउँछ । – बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्नुस् । –घ्यूकुमारीलगायत घरभित्रै रोप्न सकिने विरुवाले घरभित्रको हावालाई स्वच्छ राख्न मद्दत गर्छ । – आठ वर्ष भन्दा मुनीका बालबालिकालाई घर बाहिर निस्कन नदिनुस् । – यस्तोबेलामा भिटामिन सि युक्त फलफूलको सेवन गर्न सकिन्छ । त्योसँगै म्याग्नेसियम र ओमेगा फ्याटी एसिड भएका खानेकुराको सेवनले वायुप्रदुषणसँग जुध्नका लागि इम्युनिटी बढाउँछ । एजेन्सीको सहयोगमा