NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । १३ फागुनमा मष्तिष्कघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ । जोशीको शुक्रबार राति ८ः२४ मा निधन भएको परिवारका सदस्यले बताएका छन् । मष्तिष्कघातपछि उनी नर्भिक अस्पतालमा उपचाररत थिए । शल्यक्रियापछि पनि अस्पतालमा राखिएका नेता जोशीको अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका थिए । जोशीको टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो ।