NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बलात्कारीलाई सात वर्ष कैद फैसला

बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला सुनाएको छ। बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला सुनाएको हो । कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतिपूर्तिसमेत दिनुपर्ने छ । १७ असार २०७७ मा ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले जिल्ला अदालत बागलुङमा वन विरुद्ध जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा थिए ।