NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पूर्व सचिव आचार्य भन्छन्, ‘कर्मचारीले सरकारको भरोसा र जनताको विश्वास आर्जन गर्न सकेन'[कार्यपत्रसहित]

काठमाडौँ । निजामती सेवामा प्रतिभावान् व्यक्तिहरुको आकर्षण बढाउने विषयमा २५ चैतमा बहस भएको छ । परराष्ट्र मन्त्रालयका पूर्व सचिव मधुरमण आचार्यले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निजामती सेवामा प्रतिभावान व्यक्तिहरुको आकर्षण बढाउने विषयमा बहस चलाएका हुन् । ‘निजामती सेवाप्रतिको आकर्षण र उत्प्रेरणा अभिवृद्धि’ शीर्षकमा आचार्यले ८ पृष्ठको कार्यपत्र प्रस्तुत गरेका थिए । पूर्व सचिव आचार्यले प्रतिभाशाली व्यक्तिहरुले निजामती सेवामा भविष्य देख्न सक्ने स्थिति बन्नुपर्नेमा जोड दिएका छन् । सेवाको सुरक्षा, सुविधा, शर्त, प्रतिष्ठा, वृत्तिविकासको अवसर, योग्यताको कदर, सेवामा अपनत्व आदिमा सुधार गरी निजामती सेवामा आकर्षण बढाउन सकिने आचार्यको तर्क छ । उनले कार्यपत्रमा लेखेका छन्, ‘सेवाबाट प्राप्त हुने पहिचान र समाज र देशलाई गर्न सक्ने योगदान पनि आकर्षणको आधार हुन सक्छन् ।’ कार्यपत्रमा आचार्यले निजामती सेवामा सुधारको प्रयास, यसका कमजोर पक्षहरु, उत्प्रेरक तत्वहरु, उत्प्रेरणा विकास हुन नसक्नुका कारणहरु लगायतका विषयमाथि व्याख्या गरेका छन् । आचार्यका अनुसार निजामती कर्मचारीहरुमा अझैपनि पेशागत दक्षता र सेवामुखी भावना विकास हुन सकेको छैन । यस्तै कर्मचारी तन्त्रले सरकारको पत्यार र जनताको विश्वास आर्जन गर्न सकेको छैन । संघीय सरकारको कामप्रति ३० प्रतिशत जनतामात्र सन्तुष्ट रहेको अनुसन्धानको तथ्यांक प्रस्तुत गर्दै पूर्व सचिव आचार्यले कर्मचारीको कामबाट जनता खुशी नभएको उदाहरण दिएका छन् । कर्मचारीमा जवाफदेहिता लिने, जोखिम लिने, नवप्रवर्तन गर्ने र अग्रसरता लिने बानी बस्न नसक्दा निजामती सेवा कम आकर्षक बन्दै गएको उनको निष्कर्ष छ । कर्मचारीहरुमा नैतिक बल र आचरण, सच्चरित्रता र सकारात्मक धारणाको कमी हुँदै गएको आचार्यले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । आचार्यले निजामती सेवाको गरिमा बढाउने सन्दर्भमा बुधबार नेपाल सरकारका सचिवहरुसमक्ष प्रस्तुत गरेका यसका चुनौती र अवसर सम्बन्धी कार्यपत्र यस्तो छ :