NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच हुने टी–२० त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आगामी वैशाख ४ गतेदेखि नेपालमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको हो । तालिका अनुसार नेपालले वैशाख ४ र ७ मा नेदरल्याण्ड्ससँगविरुद्ध खेल्नेछ । त्यस्तै, ६ र ९ वैशाखमा नेपालले मलेसियाविरुद्ध खेल्नेछ । मलेसियाले नेदरल्याण्ड्सविरुद्ध ५ वैशाख र ८ वैशाखमा खेल्नेछ । एउटा टिमले अर्को दुई टिमसँग दुई दुई खेल समूह चरणमा खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीबीच ११ वैशाखमा फाइनल हुनेछ । खेलतालिका वैशाख ४ – नेपाल विरुद्ध नेदरल्यान्ड्सवैशाख ५ – मलेसिया विरुद्ध नेदरल्यान्ड्सवैशाख ६ – नेपाल विरुद्ध मलेसियावैशाख ७ – नेपाल विरुद्ध नेदरल्यान्ड्सवैशाख ८ – मलेसिया विरुद्ध नेदरल्यान्ड्सवैशाख ९ – नेपाल विरुद्ध मलेसिया फाइनल वैशाख ११ – फाइनल ( शीर्ष २ टोली)