NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बेलायती राजकुमार फिलिपको अन्त्येष्टिमा मेघन नजाने

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियका श्रीमान राजनुमार फिलिपको अन्त्येष्टिमा शाही बुहारी मेघन मार्केल नजाने भएकी छन् । आफ्ना हजुरबुबाको अन्त्येष्टिका लागि राजकुमार ह्यारी दक्षिण क्यालिफोर्नियाबाट बेलायत जाने भएका छन् भने उनकी पत्नी मेघन मार्केल नजाने भएकी हुन् । दुई दम्पत्तिका प्रवक्ताका अनुसार मेघन गर्भवती छिन् । जसकारण उनलाई यात्रा नगर्न डाक्टरहरुले सुझाएका छन् । मेघनको यसअघि पनि गर्भपतन भइसकेको छ । सय वर्ष पुग्न दुई महिनामात्रै बाँकी हुँदा राजकुमार फिलिपको शुक्रबार निधन भएको हो । बकिंघम प्यालेसले उनको अन्त्येष्टि आगामी अप्रिल १७ मा हुने जनाएको छ । हाल जारी रहेको लकडाउनलाई मध्यनजर गरेर अन्त्येष्टिमा ३० जना मात्र सहभागी हुन भनिएको छ ।