NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेप्से सुचक हालसम्मकै उच्च विन्दुमा

सोमबार सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्न सफल भएको छ । दिनभरिको कारोबारमा सेयर बजार १७ दशमलव २० अंकले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेर बन्द भएको छ । दिनभरिको कारोबारमा २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता कारोबार भएको छ । चैत मसान्त अर्थात २०७७ साल सकिनै लाग्दा सेयर बजारमा चमक देखिन थालेको छ । ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तो मैनालीले लगानीकर्ताहरुले चैतमा तिर्नपर्ने करको लागि रकम जोहो गरिसकेका कारण अब खरीद बढाउदा बजार उकालो लागेको बताए । उनका अनुसार बैशाखमा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानकि हुने भएकाले नाफा बढ्ने कम्पनीहरुतीर लगानीकर्ताहरुले लगानी बढाउदै गएका कारण कारोबार रकम पनि बढेको हो । साथै, उनले भने कोरोना महामारी फैलिदै गएकाले लकडाउनको हल्ला आइरहेको र पहिले लकडाउन हुदा सेयर बजार बढेकाले लगानीकर्ताहरु सेयर बजारमा भित्रिएको उनको भनाई छ । यसदिनको कारोबारमा लघुवित्त कम्पनीहरुको मुल्यमा बढी वृद्धि आएको छ । लघुवित्त कम्पनीहरुले आउदो तेस्रो त्रैमासमा बढी नाफा गरेको अनुमानले पनि लगानीकर्ताहरु लघुवित्तको सेयरमा आकर्षित भएको मैनाली बताउँछन् । पाँच कम्पनीको सेयर सर्किट लेभलमा सोमबार पाँच कम्पनीको सेयर मुल्य सर्किट लेभलमा पुगेको छ । स्वदेशी लघुवित्तसँगको सफल मर्जरपछि कारोबारमा आएको एनआइसि एशिया लघुवित्तको सेयर मुल्इय दिनदिनै सर्किट लागेर सोमबार प्रतिकित्ता १५ सय ४५ रुपैयामा पुगेको छ । त्यस्तै हालै सर्वसाधारणलाई आइपिओ जारी गरी दोस्रो बजारमा कारोबार भएको महिला लघुवित्तको सेयर मुल्य पनि ९.९५ प्रतिशत बढेर प्रतिकित्ता १ हजार १७ रुपैयाँ पुगेको छ । साथै, छ्याङदी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंककोसेयर मुल्य करिब १० प्रतिशतको हाराहारीमा बढेको छ । त्यसैगरी, साञ्जेन जलविद्युतको सेयर मुल्य ४.४१ प्रतिशत घटेको छ । यस दिन सेयर मुल्य घट्नेमा अधिंकाश जलविद्यूत कम्पनी रहेका छन् । एनआइसी एशिया बैंकको २५ करोडको कारोबार यस दिन एनआइसी एशिया बैंकको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । बैंंकको २ लाख ६६ हजार ८५० कित्तासेयरको २५ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, कारोबार रकमको अग्रस्थानमा नविल बैंक, नेफ्रा, नेपाल बैंक रहेको छ । सबभन्दा बढी नेपाल बैंकको ४८ लाख १ हजार ७३८ कित्ता सेयर कारोबार भएको छ ।