NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोनाविरुद्ध लडन सरकारलाई कांग्रेसको सहयोग : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोभिड–१९ को जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले अनिवार्यरूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका हुन्। कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पु¥याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनकाे भनाइ छ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेका बाबजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको शुभकामना सन्देशमा उल्लेख छ।