NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

पृथ्वी शुब्बा गुरुङलाई साथ नदिने जनमोर्चाको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले साथ नदिने निर्णय गरेको छ । मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङविरुद्ध प्रतिपक्षले ल्याउने अविश्वासको प्रस्तावमा समर्थन दिने निर्णय गर्दै जनमोर्चाले यसअघि एमालेलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा समर्थन गर्ने बताएका छन् । गण्डकी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको र त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्ण भएको केसीले जारी गरेको वक्तव्यमा उल्लेख छ । साथै, मुख्यमन्त्रीबाट पृथ्वी सुब्बा गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने तर सहभागी नहुनेसमेत जनमोर्चाले बताएको छ।