NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अस्वस्थताका कारण काम गर्न नसक्ने भन्दै अष्ट्रेलियाका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाडौं । कोरोना महामारीकाबीच अष्ट्रेलियाका स्वास्थ्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन् । राजीनामाको घोषणा गर्दै स्वास्थ्यमन्त्री रुडोल्फ एन्शोवरले भने, ‘धेरै कामकाज गरेका कारण मेरो स्वास्थ्यमा समस्या देखिएको छ । कोरोना महामारीविरुद्धको लडाईंमा साथ दिन नसक्ने भए ।’ उनी सन् २०२० देखि अष्ट्रेलियाको स्वास्थ्य मन्त्री भएका थिए । रुडोल्फ एन्शोवरले अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणका लागि मुख्य भूमिका निभाएका थिए । यसैबीच उनले डा. वुल्फग्याङलाई आफ्नो उत्तराधिकारीका रुपमा नियुक्ति गरेका छन् । दुई महिनादेखि आफूलाई निके थकान महशुस भएको र यस्तो अवस्थामा काम गर्न नसक्ने भएकाले राजीनामा दिएको उनले बताएका छन् ।