NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

थप ६०३ जनामा कोरोना सङ्क्रमण तर पर्यटकको मुखमा मास्क छैन, भौतिक दूरी परैको कुरा

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर चार हजार २८९ जनाको पीसिआर परीक्षण हुँदा ५८० जनामा कोरोना संक्रमण भेटिएको हो । यस्तै ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यसरी कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढिरहेका बेला नयाँ बर्ष मनाउन घर बाहिर निस्किएकाहरु भने मास्क विनै मस्त देखिएका छन् । मानौ, त्यस क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको त्रास शून्यमै झरिसकेको छ भन्ने यहाँको भीडभाडले देखाएको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क अनिवार्य लगाउन भनिरहेको छ । तर विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर नयाँ वर्ष मनाउनमा मस्त नागरिकहरुले मास्क लगाउने र भौतिक दुरी कायम राख्ने नियम उल्लंघन गरिरहेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६, मुरिङलाडाँडामा नयाँ वर्ष मनाउन बुधबार आएका अन्तरिक पर्यटक । तस्बिर:दिलकुमार लिम्बु बुधबार नयाँ बर्ष मनाउन मानिसहरु विभिन्न पार्क, मैदान, पर्यटकिय क्षेत्रहरुमा देखिएका थिए । तर त्यसक्रममा कोभिड–१९ विरुद्ध लड्न पालना गर्नुपर्ने नियमलाई भने वेवास्था गरेका छन् । यद्यपी देशमा हरेक दिन कोभिड–१९ बाट संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।