NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आज वर्षाकाे सम्भावना कति?

नेपालमा स्थानीयसँगै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली छ। दिउँसो पहाडी भूभागका थाेरै स्थानमा मेघगर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। शुक्रबार सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागका थाेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ‘देशका पहाडी भूभागका थाेरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ।