NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

पोखरा । संसद्मा आउन लागेको अविश्वास प्रस्ताव टाल्न गण्डकी प्रदेशसभाको चालू अधिवेशन नै अन्त्य गरिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव आउने तयारी हुँदै गर्दा प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको हो । बुधबार राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेपछि संसद् अधिवेशन अन्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ ।