NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मोटरसाइकल दुर्घटनामा अनुसन्धान विभागका २ कर्मचारीको मृत्यु

बारा । राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बारा पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो । पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको हो । सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।