NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

हरिद्वार महाकुम्भमा सहभागी १३ सयमा कोरोना संक्रमण

काठमाडौं । भारतको हरिद्वारामा जारी महाकुम्भ मेलामा सहभागी भएका दर्शनार्थीमध्यृ झण्डै १ सयमा कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल १० तारिखदेखि सुरु भएको कुम्भ मेलामा सहभागीमध्ये एक हजार २७८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको प्रमुख मेडिकल अधिकृत डा. एसके झाले बताएका छन् । अप्रिल १३ र १४ मा मेलामा सहभागीहरुको परीक्षणको तथ्यांक आइनसकेकाले यो संख्या थप बढ्ने जनाइएको छ । उत्तराखण्डको उच्च अदालतले दैनिक कम्तीमा ५० हजारको कोरोना परीक्षण गर्न र प्रत्येक तीर्थयात्रीले अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो । मेलामा दैनिक औसत ३० लाखले शाही स्नान गरिरहेका कुम्भ मेलाका इन्चार्ज प्रहरी महानिरीक्षक सन्जय गुन्जायललाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।