NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । चालू अधिवेशन अन्त्य गरिएपछि तीन दलले संसद् सचिवालयमार्फत तीन दलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ताका लागि बुझाएका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउने क्रममा तीन दलले अबको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरेका छन् । बुधबार राति चालू अधिवेशन नै अन्त्यको घोषणा गरिएपछि गण्डकीमा कांग्रेस, माओवादी र जसपा आक्रोशित बनेका छन् । संसद् अधिवेशन अन्त्य गर्नु अवैधानिक भएको उनीहरुको निष्कर्ष छ । आज संसद्मा अविश्वासको प्रस्ताव ल्याउने उनीहरुको तयारी थियो । मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा उल्टै अधिवेशन नै अन्त्य गरी गैर संवैधानिक कार्य गरेको तीन दलको आरोप छ ।