NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

को हुन् गण्डकी प्रदेशमा मुख्यमन्त्री प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली ?

काठमाडौं । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो । माओवादीले पनि औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । अविश्वास प्रस्ताव दर्ता हुने भएपछि १ वैशाख मध्यराति नै अधिवेशन अन्त्यको घोषणा गरिएको थियो । तर, बुधबार कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर अविश्वासको दर्ता गराएका छन् । संसद्मा यी तीन दलको हिस्सा ३० सिट हुन आउँछ । जसमा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसदले हस्ताक्षर गरेका छन् । सरकार गठनका लागि ३० सिट भए बहुमत पुग्छ । तर, गुरुङविरुद्ध यी तीन दल एक ठाउँमा उभिए ३१ सिट पुग्छ । यी हुन् भावी मुख्यमन्त्रीका उम्मेदवार नेपाली अविश्वासको प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्रीको भावी उम्मेदवारमा प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । थरले पोखरेल भए पनि उनी थरको सट्टा नेपाली लेख्ने गर्छन् । पृथ्वी सुब्बा गुरुङविरुद्ध माओवादी र जनमोर्चाले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव पनि दर्ता भइसकेको छ । एमालेबाहेकका कांग्रेस, माओवादी, जनमोर्चा र जसपा मिलेपछि गण्डकीमा सरकार फेरिने लगभग निश्चित भएको छ । नेपाली २००६ सालमा तनहुँ (हालको व्यास नगरपालिका ११) मा जन्मिएका थिए । कांग्रेस तनहुँका संस्थापक नेता गोवद्र्धन पोखरेलका छोरा हुन् । प्रवासमा लामो समय बसेका उनका बाबुको सर्वस्वहरण भएको थियो । राजनीतिक परिवारमा जन्मिएका नेपाली भद्र, शिष्ट र मिलनसार नेताको रुपमा परिचित छन् । नेपाली प्रदेशसभामा नवलपरासी–१ को ‘क’बाट निर्वाचित भएका थिए । नेपालीले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई पराजित गरेका थिए । नेपालीले १७ हजार ६८३ मत पाएका थिए । न्यौपानेले १७ हजार ३११ मत ल्याएका थिए । माओवादीका न्यौपाने ३७२ मतले पराजित भएका थिए । नेपाली लामो समय नवलपरासीका कांग्रेस जिल्ला सभापति पनि भए । ४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति भएका हुन् । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन् । यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन् । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे । चार भाइमध्ये नेपाली माइलो हुन् । उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन् । कान्छा भाइ सुवास भने अमेरिकामा बस्छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइएका थिए । याे पनि पढ्नुस् गण्डकी प्रदेशमा मुख्यमन्त्री बन्दै गरेका कृष्णचन्द्र नेपाली को हुन् ?