NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

गाडी चलाउनु हुन्छ ? अचानक ब्रेकफेल भएमा…

काठमाडौँ । भनिन्छ, ‘दशा बाजा बजाएर आउँदैन ।’ तपाईं कारमा हिँड्दाहिँड्दै अचानक ब्रेकफेल पनि हुन सक्छ । यो स्थितिमा आत्तियो भने दुर्घटना हुन सक्छ । यस्तो अवस्थामा पनि आफूलाई बचाउन भनें सकिन्छ । त्यसका लागि हामीले यी टिप्स् अपनाऔँ । १. कारको स्पिड लो गर्नुहोस् । अनि, गियर पनि घटाउनुहोस् । यसो गर्दा कारको गति अलि कम हुँदै जान्छ । २. अरू ड्राइभर तथा ट्राफिकलाई संकेत दिनुहोस् । हेजार्ड लाइट, हेडलाइट्स आदि बाल्नुहोस् । अरूलाई थाहा दिन हर्न बजाउनुहोस् । ३. ब्रेक पाइडललाई पटक–पटक दबाउनुहोस् । यसरी दबाब दिँदा ब्रेकले काम पनि गर्न सक्छ । ४. एसीलाई सबभन्दा कुलेस्ट टेम्परेचरमा तथा अधिकतम फ्यान स्पिडमा लानुहोस् । यसका साथै, कारका सबै हेडलाइट्ससहित अन्य एक्सेसरिजलाई पनि चालू गर्नुहोस् । यसो गर्दा, केही किलोवाट पावर कम हुन्छ । अनि, दुर्घटनाबाट जोगिन सकिन्छ ।