NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आज पानी पर्ने सम्भावना कति?

नेपालमा अपराह्नपछि वर्षाकाे सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभावका कारण आइतबार दिउँसाे पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ। सोमबार दिउँसाे पहाडी भूभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।