NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बादलको सांसद पद खारेज, मन्त्रीबाट पनि स्वतः पदमुक्त

काठमाडाैं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको हाे । सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् । ‘हामीले उहाँको सांसद पद रिक्त भएको जानकारी मन्त्रिपरिषद र निर्वाचन आयोगमा पठाइसकेका छौं । अब संविधान अनुसार उहाँ मन्त्रीपदबाट पनि स्वतः मुक्त हुनुभएको छ’ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले नेपालवाचसँग भने । २०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो । फुयालका अनुसार अब बादललाई सरकारमा सहभागी हुन संविधानले दुईवटा विकल्प दिएको छ । या त उप–निर्वाचन गराएर पुनः संसद्मा आउने या प्रधानमन्त्रीले सांसद नभएको व्यक्तिलाई ६ महिनाका लागि मन्त्री नियुक्त गर्न पाउने व्यवस्था अनुरुप सरकारमा सहभागी हुने । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि उनलाई पुनः मन्त्रीमा नियुक्ति दिने तयारी गरेको बुझिएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।