NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बादललाई पुनः गृहमन्त्री बनाइँदै, आजै सपथग्रहण

काठमाडौं । सांसद पद खारेज भएसँगै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा (बादल) पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने प्रावधानअनुसार पुनः गृहमन्त्रीमा नियुक्त हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।एमाले नेताको हैसियतलमा बादलले आज साँझ ५ बजे राष्ट्रिपति भवनमा सपथग्रहण गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ । ३५ दिनभित्र रिक्त राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ ।