NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बादलको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन हुने

काठमाडाैं । एमालेमा प्रवेश गरेर सांसद पद खारेजीमा परेका रामबहादुर थापा (बादल) को ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन हुने भएको छ । राष्ट्रियसभा सदस्य रिक्त भएको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । सांसद पद खारेज भएसँगै उनको मन्त्री पद पनि गुमेको थियो । तर, सांसद नभएकालाई सिधै प्रधानमन्त्रीबाट ६ महिनाका लागि मन्त्रीमा नियुक्त गर्नसक्ने प्रावधानअनुसार आजै साँझ पुनः गृहमन्त्रीको सपथ लिँदैछन् । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको छ।