NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं । सांसद पद खारेज भएर मन्त्री पद गुमाएका रामबहादुर थापा (बादल) पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । आजै सांसद पद खारेज भए पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई आजै गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । एमाले नेताको हैसियतामा बादललाई पुनः गृहमन्त्री बनाइएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश भएपछि माओवादीले उनको सांसद पद खारेजीका लागि संसद सचिवालयमा पत्र पठाएको थियो । आजै बेलुका ५ बजे उनले राष्ट्रपति भवनमा मन्त्रीको सपथ लिने भएका छन् । सांसद पद खारेज भएपछि पनि उनी तत्काल ६ महिनाका लागि मन्त्री बन्ने भएका हुन् ।