NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि दिउँसो एक बजोका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको छ । ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजै कांग्रेस र जसपासँग पनि छलफल गर्दैछन् । आजको छलफलबाट आएका विषयबारे छलफल गर्न भोलि स्थायी कमिटी बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्र स्रोतका अनुसार सम्भवतः भोलीको बैठकले सरकारबाट समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा पनि निर्णय गर्नेछ ।