NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विश्वकै अग्लो महादेवको मूर्ति दर्शन गर्न एक लाखको भीड

काठमाडौं । विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको महादेवको मूर्ति रहेको कैलाशनाथ महादेव मन्दिरमा नयाँ वर्षमा एक लाखभन्दा बढी दर्शनार्थी पुगेका छन् । भक्तपुर र काभ्रेको सीमाना साँगामा रहेको १४३ फिट अग्लो महादेवको मूर्ति रहेको स्थलको अवलोकन र दर्शनको लागि एक लाख मानिसहरु पुगेको कैलाशनाथ महादेव मन्दिर प्रशासनले जनाएको छ । भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा यो मूर्ति बनाएका हुन् । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यस मन्दिर क्षेत्रमा पछिल्लो समय झोलुंगे पुलकोसमेत निर्माण गरिएको छ । झोलुंगे पुलको निर्माणपछि दर्शनार्थीको संख्या झन् बढेको छ । https://www.youtube.com/watch?v=bd0XCem4yuU