NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारतबाटै संक्रमित बनेर फर्किएका दैलेखका एक पुरुषको मृत्यु

सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट दैलेखकका एक पुरुषको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । रेग्मीका अनुसार उनलाई भारतमै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर ढाँटेर घर आएको पाइएको छ । ‘गाउँ आउँदा कागजात च्यातेर फर्किएका रहेछन्,’ फोकल पर्सन रेग्मीले भने, ‘नेपालगञ्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो ।’ नेपालगञ्जमा रहँदा गम्भीर बिरामी भएपछि उनलाई उपचारका लागि शनिबार दुल्लु अस्पताल, दैलेख पुर्‍याइएको थियो ।