NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ओलीले बोलाएको बैठक रोक्न अनुशासन आयोगका अध्यक्ष बोहोराको अनुरोध

काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले बैशाख ८ गते अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अनुरोध गरेका छन् । पार्टीभित्र देखिएको पछिल्लो स्थिति सुधार गर्न उपाय खोज्नुपर्ने आग्रह गर्दै बोहोराले बैठक रोक्न आह्वान गरेका हुन् । नवौं महाधिवेशनबाट अनुशासन आयोगका अध्यक्षमा निर्वाचित बोहोराले एक विज्ञप्ति जारी गर्दै बैशाख ८ गते बोलाइएको बैठकले पार्टीभित्र झन् असहजता पैदा गर्ने बताएका छन् । ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ’, वक्तव्यमा उल्लेख छ । उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बोहराले विज्ञप्तिमा उल्लेख गरेका छन् । वक्तव्यमा अदालतको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै एमाले संरचना कायम गर्न पनि उल्लेख गरिएको छ । बोहराले गएको २८ फागुनमा अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव पनि दिएका छन् । राजनीतिमा स्थायी शत्रु र मित्र राख्न नहुने भन्दै पार्टीभित्र देखिएको गतिरोध अन्त्य नगरी कुनै पनि निर्णयमा नपुग्न ओलीलाई आग्रह गरेका छन् ।