NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कस्ताे छ आजकाे माैसम ?

नेपालमा मंगलबार केही क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्हपछि देशको पश्चिमी भूभागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ। यसले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।