NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मंगलग्रहमा पहिलो पटक हेलिकप्टरकाे सफल उडान

मंगलग्रहमा पहिलो पटक हेलिकप्टरकाे सफल उडान भएकाे छ। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको बिबिसीले उल्लेख गरेकाे छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको हाे। सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो । ‘अब हामीले अर्कै ग्रहमा मानिसले हेलिकप्टर उडाएको भन्न सक्छौँ,’ नासाको इन्जेन्युएटी परियोजनाकी प्रबन्धक मीमी अङ्ले खुशी व्यक्त गर्दै भनेकी छन्। एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो । मंगल ग्रहमा टेस्ट फ्लाइटपछि सतहमा रहेको हेलिकप्टर । तस्बिरः नासा नासाको ुमार्स २०२० पर्सिभरेन्स रोभरु मिसनका अन्तर्गतकै ुइन्ज्युनिटी मिसनुले मंगल ग्रहको पातलो वायुमण्डलमा पहिलो उडान भर्दै इतिहास रचेको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ । मंगल ग्रहमा पर्सिभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टरको रोभरबाट केही साताअघि सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छोएको थियो । अघिल्लो साता नै यसको टेस्ट फ्लाइट गर्ने भनिए पनि प्राविधिक कारणले केही ढिलाइ भएको थियो । अल्बना राज्यको एक हाइस्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् । मंगल ग्रहमा यो हेलिकप्टरको मिसन ३० दिनको छ । नासाले यसअघि जारी गरेको विज्ञप्ति अनुसार यसले ५ वटा पावर फ्लाइट गर्ने जनाएको थियो । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबोटिक उडान हुने वस्तु निर्माण गर्नका लागि इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ । यो हेलिकप्टरमा दुई वटा क्यामेराबाहेक अन्य उपकरण छैनन् । गणतीय ुअल्गोरिदमुहरु भएकाले यो हेलिकप्टरले पृथ्वीबाट कमान्ड दिएपछि मंगल ग्रहमा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ । मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुन सक्‍ने बताइएको छ ।