NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

चैते दसैंका अवसरमा कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दसैंका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैते दसैंका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैते दसैंलाई अन्य चाडपर्वझैं उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ ।